अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट « Khabarhub

अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहीन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गरे ।

यस संस्थाले स्थापना कालदेखि विश्वभर छरिएर रहेका करीब पाँच करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुशी लागेको उनले बताए । नेपालमा रहेका एक लाख १३ हजार ५०० भुटानी शरणार्थीको अन्य आठ देशका पुनर्वास गरिएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, “यसका लागि यूएनएचसीआरको भूमिकाप्रति धन्यवाद दिन चाहन्छु ।”

अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ र अन्य स्वास्थ्य समस्यामा परेका शरणार्थीको सेवामा समेत उच्चआयुक्तको कार्यालयले गरेको कामको प्रशंसा गरे ।

भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि स्पानुथ वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गरिन् । सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट उनले धन्यवाद ज्ञापन गरिन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : ०१ बजे

रमेश विश्वकर्माले दिए खुला दलिततर्फ केन्द्रीय सदस्यको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।