एक प्रेरक प्रसङ्ग ‘बाँच्ने कला’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘बाँच्ने कला’


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक राजा थिए, जसले स–साना गल्तीमा पनि फाँसीको सजाय दिन आदेश दिन्थे । तर उनको एउटा खुशी पनि थियो— फाँसी दिनुअघि मर्ने व्यक्तिलाई उसको अन्तिम इच्छा सोध्थे ।

एक पटक उनको मन्त्रीबाट गल्ती भयो । राजाले उसलाई पनि फाँसीको सजाय सुनाए । मन्त्रीको घरमा रुवाबासी चल्न थाल्यो । फाँसी दिने दिन राजाले मन्त्रीलाई उसको अन्तिम इच्छा सोधे ।

मन्त्रीले भने — महाराज, एक वर्षको लागि मलाई तपाईंको घोडा दिनुस् ।

राजालाई यो सुनेर रिस उठ्यो र भने— तिमीलाई अहिले फाँसी हुँदैछ र पनि तिमीले एक वर्षका लागि मेरो घोडा मागिरहेका छौ ?

मन्त्रीले राजा खोल्दै भने— महाराज, मसँग एउटा यस्तो कला छ जसको सहाराले मैले घोडालाई उड्ने खालको घोडा बनाउन सक्छु । म मरेँ भने मेरो कला मसँगै मरेर जानेछ ।

राजाले सोधे— एक वर्षको कुरा त हो नि । मेरो घोडा साँच्चै उड्न थाल्यो भने त छिमेकी देशमा मेरो नाम अझ चम्कनेछ । यही सोचेर उनले भने— ठीक छ, तर घोडा उडेन भने एक वर्षपछि पनि तिम्रो सजाय यही हुनेछ, याद राख्नू ।

राजाको घोडाका साथ आफ्नो श्रीमान जिउँदै देखेर मन्त्रीकी श्रीमती आश्चर्यमा परिन् । सबै कुरा सुनेर फेरि उदास हुँदै भनिन्— एक वर्षपछि भए पनि तपाईंलाई सजाय त भइहाल्छ, किनभने तपाईंलाई यस्तो कुनै कला आउँदैन ।

मन्त्रीले उनलाई सम्झाउँदै भने— एक वर्ष कसले देखेको छ र ? हुनसक्छ राजाले आफ्नो राजपात हार्न सक्छ । हुनसक्छ राजा नै मर्न सक्छ । अरु केही नभए नि घोडा नै मर्न सक्छ । त्यसैले जुन आज छ, त्यसैमा बाँच । यही नै हो बाँच्ने कला ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : १५ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको