कोरोनाका कारण अभिनेत्री गीता बहलको निधन « Khabarhub

कोरोनाका कारण अभिनेत्री गीता बहलको निधन


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ९० को दशकमा अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय गरेकी अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी ६४ वर्षकी थिइन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार गीता सन् ८० देखि ९० को दशकमा कैयौं फिल्ममा अभिनेताका रुपमा काम गरेका अभिनेता रवि बहलकी बहिनी हुन् ।

गीतासँगै उनका दाजु रवि, उनकी ८५ वर्षकी आमा र घरमा काम गर्ने एक महिला कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । तर घरमा आइसोलेसनमा रहेका तीनजना अहिले स्वस्थ भइसकेका छन् ।

तर गीताको स्वास्थ्य अवस्थामा खराब हुँदै गएपछि उनलाई अप्रिल २६ मा आइसीयूमा सारिएको थियो । उनलाई दुई दिन अघि भेण्टीलेटरमा राखिएको थियो ।

गीताले सन् १९७८ मा निर्देशक राज खोसलाको हिट फिल्म ‘मे तुलसी तेरे आँगन की’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्ममा विनोद खन्ना, नूतन र आशा पारेख जस्ता दिग्गज कलाकारको अभिनय थियो ।

उनले ९० को दशकमा ऋषि कपूर र मौसमी चटर्जीका साथ फिल्म ‘दो प्रेमी’, ‘जमानेको दिखाना है’, ‘मैने जीना सिख लिया’, ‘मेरा दोस्त मेरा दुश्मन’, ‘नयाँ सफर’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ११ : ०० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा