दक्षिण चीन सागरस्थित आफ्नो क्षेत्रमा चिनियाँ अवैध गतिविधिको भियतनामद्धारा निन्दा « Khabarhub

दक्षिण चीन सागरस्थित आफ्नो क्षेत्रमा चिनियाँ अवैध गतिविधिको भियतनामद्धारा निन्दा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवादित दक्षिण चीन सागरमा चिनियाँ गतिविधिको भियतनामले निन्दा गरेको छ ।

विवादित दक्षिण चीन सागरस्थित ह्विटसन रिफ नजिकै चीनले माछा मार्ने नौसैन्य विमानहरु लामो समय यता राखेको भन्दै भियतनामले चिनियाँ गतिविधिको आलोचना गरेको हो ।

भियतनामको विदेश मामिला मन्त्रालयकी प्रवत्ताले आफ्नो क्षेत्राधिकारमा चीनले विभिन्न गतिविधि गरेर भियतनामको सार्वभौमिकता उल्लंघन गरेको टिप्पणी गरेकी छन् ।

यसअघि, फिलिपिन्सले पनि आफ्नो क्षेत्राधिकार ह्विटसन रिफमा चीनले अवैध रुपमा माछा मारेको भन्दै तत्काल सो क्षेत्र छोड्न चेतावनी दिएको थियो । भियतनाम र फिलिपिन्सको आलोचना पछि चीनले सो क्षेत्र तत्काल छोड्न सक्ने तर पुनः फर्किने र उपस्थिति देखाउन सक्ने सिंगापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटिका समुद्री सुरक्षा अनुसन्धानकर्ता कोलिनकोले विश्लेषण गरेका छन् ।

विवादित दक्षिण चीन सागरमा चीन, ताइवान, भियतनाम, फिलिपिन्स, ब्रुनइ र मलेसिया लगायत मुलुकहरुले आफ्नो क्षेत्र दाबी गर्दै आएका छन् । स्रोत : भ्वाइस अफ अमेरिका

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ०७ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ