दक्षिण चीन सागरस्थित आफ्नो क्षेत्रमा चिनियाँ अवैध गतिविधिको भियतनामद्धारा निन्दा « Khabarhub

दक्षिण चीन सागरस्थित आफ्नो क्षेत्रमा चिनियाँ अवैध गतिविधिको भियतनामद्धारा निन्दा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवादित दक्षिण चीन सागरमा चिनियाँ गतिविधिको भियतनामले निन्दा गरेको छ ।

विवादित दक्षिण चीन सागरस्थित ह्विटसन रिफ नजिकै चीनले माछा मार्ने नौसैन्य विमानहरु लामो समय यता राखेको भन्दै भियतनामले चिनियाँ गतिविधिको आलोचना गरेको हो ।

भियतनामको विदेश मामिला मन्त्रालयकी प्रवत्ताले आफ्नो क्षेत्राधिकारमा चीनले विभिन्न गतिविधि गरेर भियतनामको सार्वभौमिकता उल्लंघन गरेको टिप्पणी गरेकी छन् ।

यसअघि, फिलिपिन्सले पनि आफ्नो क्षेत्राधिकार ह्विटसन रिफमा चीनले अवैध रुपमा माछा मारेको भन्दै तत्काल सो क्षेत्र छोड्न चेतावनी दिएको थियो । भियतनाम र फिलिपिन्सको आलोचना पछि चीनले सो क्षेत्र तत्काल छोड्न सक्ने तर पुनः फर्किने र उपस्थिति देखाउन सक्ने सिंगापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटिका समुद्री सुरक्षा अनुसन्धानकर्ता कोलिनकोले विश्लेषण गरेका छन् ।

विवादित दक्षिण चीन सागरमा चीन, ताइवान, भियतनाम, फिलिपिन्स, ब्रुनइ र मलेसिया लगायत मुलुकहरुले आफ्नो क्षेत्र दाबी गर्दै आएका छन् । स्रोत : भ्वाइस अफ अमेरिका

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ०७ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका