लुम्बिनीमा सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसद विपक्षी गठबन्धनमा (भिडियोसहित) « Khabarhub

लुम्बिनीमा सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसद विपक्षी गठबन्धनमा (भिडियोसहित)


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित दुई जना सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् ।

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मबहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिए पनि आफूहरुले राजीनामा नदिएको अजय शाहीले बताए ।

मुख्यमन्त्री पोखरेलको साथ छोडेका दुई सांसद श्रीवास्ताव र शाही कांग्रेस-माओवादी गठबन्धनमा लागेका छन् ।

हेरौँ भिडियो

शाही हृदयेश त्रिपाठीसँगै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट निर्वाचित भएका थिए । श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित हुन् । सांसद शाहीले आफूहरुले राजीनामा नदिएको भन्दै गठबन्धनलाई सघाउने निर्णय गरेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ४९ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी