यस्ता थिए वास्तविक गब्बर | Khabarhub Khabarhub

यस्ता थिए वास्तविक गब्बर


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडको एक यस्तो फिल्म जसको कलाकार, संगीत र संवादले आज पनि दर्शक मनोरञ्जन लिन्छन् । त्यो नाम हो ‘शोले’ ।

यो फिल्मका एक दमदार कलाकार ‘गब्बर’को कुरा गरिएन भने ‘शोले’को अन्य कुरा गर्नु आफैंमा खल्लो हुन्छ । एबीपी लाइभले यिनै ‘गब्बर’ चरित्रको एक रहस्यका बारेमा आफ्नो अनलाइनमा लेखेको छ । फिल्ममा अमजद खानले गब्बरको भूमिका निभाएका थिए ।

५० को दशकमा मध्य प्रदेशको बिहडोमा ‘गब्बर’ उर्फ ‘गबरा’ नामका एक वास्तविक डाकु थिए । उनको नाम लिनासाथ टाढा टाढाका मानिसहरु डराउथे ।

यतिमात्र होइन, तीन राज्यको प्रहरीले गब्बरको नाममा ५० हजार रुपैंयाँ राशीको पुरस्कार नै राखेको थियो । डाकु ‘गब्बर सिंह’ले आफ्नो कुल देवीको अगाडि एक प्रण लिएका थिए ।

उनले १ सय १६ मानिसको काटेको नाक आफूले देवीलाई चढाउने प्रण गरेका थिए । एक तान्त्रिकले गब्बरले नाक काटेर देवीलाई चढाएमा उसलाई प्रहरीले मार्न नसक्ने बताएको थियो ।

त्यो बेलासम्म गब्बरले २६ जना मानिसको नाक काटिसकेको थियो । त्यो सूचीमा प्रहरीहरु पनि थिए । यद्यपि फिल्म ‘शोले’मा रहेको गब्बरको कथा वास्तविक गब्बरबाट प्रेरित थिएन ।

तर फिल्म लेखक सलीम खान मध्य प्रदेशका डाकुहरुको बारेमा जानकार थिए । किनकी उनका पिता मध्य प्रदशको प्रहरीमा काम गर्थे ।

जब सलीमले ‘शोले’को कथा लेख्न थाले, त्यो बेला उनले गब्बरको वास्तविक कथामा केही मसला मिसाएर ‘शोले’को गब्बरको चरित्र लेखे ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ४० बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।