बहुमत गुमाएकालाई फेरि मुख्यमन्त्री नियुक्त गर्नु संविधानमाथिको ठाडो उल्लंघन : देउवा « Khabarhub

बहुमत गुमाएकालाई फेरि मुख्यमन्त्री नियुक्त गर्नु संविधानमाथिको ठाडो उल्लंघन : देउवा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएका मुख्यमन्त्रीलाई पुनः मुख्यमन्त्री नियुक्त गर्नु संविधानमाथिको ठाडो उल्लंघन भएको बताएका छन् ।

सभापति देउवाले प्रेस विज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेशमा आज भएको घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको भन्दै संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्ना गरेका हुन् ।

मुख्यमन्त्रीले बहुमत गुमाइसकेको अवस्थामा अविश्वासको प्रस्ताव छलेको र उनैसँग बहुमत छ भनेर मान्दै फेरि मुख्यमन्त्री बनाइनु तर्कसंगत नभएको बताएका छन् ।

सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन ।’

एमालेबाट निर्वाचित सांसदले राजीनामा गरिसकेको र विपक्षमा रहेका दलले वैकल्पिक मुख्यमन्त्रीको प्रस्ताव गरेको अवस्थामा मुख्यमन्त्रीलाई सपथ दिलाइनु लज्जास्पद भएको टिप्पणी समेत सभापति देउवाले गरेका छन् ।

‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो,’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले केन्द्रमा देखिएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएको भन्दै संसदको बहुमतअनुरुप अर्को सरकार गठनको बाटो खोल्न समेत माग गरेका छन् ।

‘बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपिल गर्दछु,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ सभापति देउवाद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ५८ बजे

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा