एनएसएल फुटबलमा ललितपुर र पोखराको बराबरी « Khabarhub

एनएसएल फुटबलमा ललितपुर र पोखराको बराबरी


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा आक्रमक खेल पस्किए पनि पोखराले गोल गर्न सकेन । ललितपुरले भने दोस्रो हाफमा केही आक्रमक रणनीति बुनेको थियो । तर, ललितपुर पनि गोल गर्न चुकेको थियो ।

खेलमा ललितपुरका प्रवेश कुँवर प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच पोखराका आयुस घलान चुनिए । उनले १० हजार प्राप्त गरे ।

यस बराबरीसँगै पोखराले ४ खेलमा ५ अंक जोडेको छ । पोखरा पाँचौं स्थानमा रहेको छ । ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : १५ बजे

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०