एनएसएल फुटबलमा ललितपुर र पोखराको बराबरी « Khabarhub

एनएसएल फुटबलमा ललितपुर र पोखराको बराबरी


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा आक्रमक खेल पस्किए पनि पोखराले गोल गर्न सकेन । ललितपुरले भने दोस्रो हाफमा केही आक्रमक रणनीति बुनेको थियो । तर, ललितपुर पनि गोल गर्न चुकेको थियो ।

खेलमा ललितपुरका प्रवेश कुँवर प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच पोखराका आयुस घलान चुनिए । उनले १० हजार प्राप्त गरे ।

यस बराबरीसँगै पोखराले ४ खेलमा ५ अंक जोडेको छ । पोखरा पाँचौं स्थानमा रहेको छ । ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : १५ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय