मुख्यमन्त्रीको शपथलगतै पोखरेलले गरे मन्त्रिमण्डल गठन « Khabarhub

मुख्यमन्त्रीको शपथलगतै पोखरेलले गरे मन्त्रिमण्डल गठन


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले शपथ ग्रहणलगत्तै मन्त्रिमण्डल गठन गरेका छन् ।

मुख्यमन्त्रीको शपथलगतै पोखरेलले चार जना मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन्।

चौधरी र रिजाल एमाले सांसद हुन्। पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन्।

रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त मन्त्रीले आजै  पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ४२ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष