त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा « Khabarhub

त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्याङ्कन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन्। सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र शुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो।

कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो। जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ पढाएको बताएका छन।

नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ। नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।

उनका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ। जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले बताए । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झण्डै ८५ देखि ९० प्रतिशत पढाइ पूरा भएको छ।

‘अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन’, उनले भने, ‘कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरुआत गर्ने तयारी भइरहेको छ।’ कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरु गर्ने तयारी गरिएको उनले बताए ।

भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कन आधारमा नतिजा प्रकाशन गर्न लागेको बताएका छन् ।

त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आन्तरिक मूल्याङ्कनको कार्यविधि तयार पारेको छ। शुक्रबारको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधिअनुसार विद्यालयहरूलाई मूल्याङ्कन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।

बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए ।

आठबीसकोट नगरपालिकामा पनि आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्न लागिएका नगरप्रमुख गोरखबहादुर केसीले बताए । रुकुम पश्चिमा छ वटा स्थानीय तहले आन्तरिक मुल्याङ्कनलाई आधार बनाएर नतिजा प्रकाशित गर्ने तयारी थालेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ०४ बजे

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त