भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण « Khabarhub

भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ ।

विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले कोरोनाभाइरस महामारी (कोभिड–१९)को दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पुनः गति लिने जनाएको छ । सन् २०२० मा कोभिड–१९ का कारण व्यापक गिरावट आएको अर्थतन्त्र कोभिडको संक्रमण कम देखिनासाथ सक्रिय भएको थियो ।

मुडिजका अनुसार भारतमा लगानीको वातावरण अझै सुधार आउन सकेको छैन । खासगरी भारतमा अर्थतन्त्रको वृद्धि तुलनात्मक रुपमा न्यून भएको, कमजोर सरकारी वित्त प्रणाली र वित्तीय क्षेत्रका जोखिम बढ्दो क्रममा रहेको मुडिजको भनाइ छ । भारतका यी परम्परागत समस्याबीच कोभिडको दोस्रो लहरले भारतीय अर्थव्यवस्थामा थप जटिलता थपेको मुडिजले जनाएको छ ।

लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोभिडको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।

राजश्वमा हुने सामान्य गिरावट र कोभिडसँग सम्बन्धित क्षेत्रमा परिचालित हुने खर्चले सरकारी कोषमा कूल गार्हस्थ्य उत्पादनको ११.८ प्रतिशत भार थपिने छ ।

भारतले गत मे १ देखि तेस्रो चरणको खोप अभियान थालनी गरिसकेको छ जसमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर, मे महिनाको अन्त्यसम्ममा कूल जनसंख्याको करिब १५ प्रतिशतले मात्र कम्तीमा एक डोज खोप लगाउन पाएका छन् ।

खोपको कमी र स्रोतसाधनको अभावले खोप अभियानलाई सहज रुपमा विस्तार गर्न कठिनाई भइरहेको पनि मुडिजको भनाइ छ ।

मुडिजले कोभिडको दोस्रो लहर जुन महिनाभन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभए भारतको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने जनाएको छ । रासस

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : ०५ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा