काठमाडौँ उपत्यकाको निषेधाज्ञा ११ दिन थप « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा ११ दिन थप

खाद्यान्न र तरकारी पसल खोल्न पाइने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई ११ दिन थप भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार भएको बैठकले निषेधाज्ञा ११ दिन थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा केही खुकुलो हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप गरिको निषेधाज्ञा जेठ २० गते (भोलि) मध्यरातिबाट सकिँनै लाग्दा जेठ ३१ गतेसम्म लम्ब्याइएको हो । अबको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, पुस्तक पसल बिहान ९ बजेसम्म खुल्न दिइनेछ ।

पूर्वाधार निर्माणका काम अनिवार्य स्वाथ्य मापदण्ड पालना गरी सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ । यस्तै, तरकारी, फलफूल, माछा–मासु, ग्यास पसल पसलहरु बिहानको समयमा खोल्न दिइनेछ ।

ढुवानीका सवारी–साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ । सार्वजनिक र निजी सवारी–साधन भने चल्न दिइने छैन । निजी सवारीको हकमा अत्यावश्यक कामबाहेक आवतजावतमा लगाइएको प्रतिबन्ध यथावत छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरी बिहान ९ बजेसम्म वर्कसप पनि सञ्चालन गर्न दिइनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : ११ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन