एमाले स्थायी कमिटी बैठक स्थगित « Khabarhub

एमाले स्थायी कमिटी बैठक स्थगित


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु छलफलमै रहेकाले आजको बैठक भोलिलाई सारिएको हो ।

मंगलबार पनि एमाले स्थायी कमिटी बैठक भएको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।

पार्टी एकता जोगाउन प्रयासमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् । सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा दोस्रो तहका नेताहरूबीच करिव चार घन्टा छलफल भएको थियो ।

सोही छलफल सकारात्मक भएको बिफ्रिङपछि ओलीले एमालेमा स्पष्टीकरण सोधिएका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडाको थप कारबाही रोकेका थिए ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो ।

पार्टी एकता जोगाउन ओली र नेपालले गत जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेर विवाद समाधानको प्रयास भइरहँदा जेठ ७ मा भएको राष्ट्रियसभा उपचुनावमा रामबहादुर थापा ‘बादल’ लाई हराउन नेपाल पक्षीय सांसदले ‘अन्तरघात’ गरेपछि एकता प्रयास भाँडिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ३ : १७ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?