एमाले स्थायी कमिटी बैठक स्थगित « Khabarhub

एमाले स्थायी कमिटी बैठक स्थगित


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु छलफलमै रहेकाले आजको बैठक भोलिलाई सारिएको हो ।

मंगलबार पनि एमाले स्थायी कमिटी बैठक भएको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।

पार्टी एकता जोगाउन प्रयासमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् । सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा दोस्रो तहका नेताहरूबीच करिव चार घन्टा छलफल भएको थियो ।

सोही छलफल सकारात्मक भएको बिफ्रिङपछि ओलीले एमालेमा स्पष्टीकरण सोधिएका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडाको थप कारबाही रोकेका थिए ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो ।

पार्टी एकता जोगाउन ओली र नेपालले गत जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेर विवाद समाधानको प्रयास भइरहँदा जेठ ७ मा भएको राष्ट्रियसभा उपचुनावमा रामबहादुर थापा ‘बादल’ लाई हराउन नेपाल पक्षीय सांसदले ‘अन्तरघात’ गरेपछि एकता प्रयास भाँडिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ३ : १७ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय