श्रीमति कुटपिटको आरोप लागेका यी अभिनेता « Khabarhub

श्रीमति कुटपिटको आरोप लागेका यी अभिनेता


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउडलाइफ)– टेलिभिजन र फिल्म उद्योगसँग जोडिएका धेरै कलाकारहरु आफ्नो अभिनय क्षमताका कारण दर्शकमाझ रुचाइएका छन् । तर उनीहरुको निजी जिन्दगी भने ठिक विपरित छ ।

घरायसी झगडा र विवादमा आइरहने यी कलाकारहरु दर्शकको नजरमा निजी जीवनमा गिरेका छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जसलाई श्रीमतिमाथि कुटपिटको आरोप लागेको छ । यीमध्ये केहीले जेलको हावा नै खानुपरेको छ ।

अभिनेता ओम पुरीले दुई विवाह गरे । तर, दुवै विवाह असफल भए । उनको दोस्रो पत्नी नन्दिता पुरीले आफ्नो किताबमा आफूमाथि ओमले हात उठाएको दाबी गरेकी छन् । उनका अनुसार यो मामला प्रहरीसम्म पुगेको थियो ।

गत वर्ष अभिनेता नवाजुद्दीन सिद्धिकी र उनकी श्रीमति आलियाबीच निकै विवाद चर्किएको थियो । आलियाले नवाजुद्दीनलाई डिभोर्सको सूचना दिएकी थिइन् । आलियाले नवाजुद्दीनले आफूमाथि जबरजस्तीसँगै कुटपिट गर्ने गरेको आरोप लगाएकी थिइन् ।

सन् १९७८ मा सञ्जय खानले जीनत अमानसँग दोस्रो विवाह गरेका थिए । विवाहको एक वर्षभित्रै यो जोडीबीच खटपट सुरु भयो । जीनतले सञ्जयमाथि कुटपिटको आरोप लगाएकी थिइन् ।

शालीन भनोट र दलजीत कौरको पीडा उस्तै छ । फ्यानमाझ निकै रुचाइएका यी जोडी सन् २०१५ मा अलग्गिएका थिए । अलग्गिएपछि शालीनले आफूलाई कुट्ने गरेको दलजीतले बताएकी थिइन् ।

अभिनेता नवीन निश्चलले गीताञ्जलीसँग दोस्रो विवाह गरेका थिए । विवाहको केही समयपछि गीताञ्जलीले आत्महत्या गरिन् । उनले सुसाइड नोटमा नवीनले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको उल्लेख गरेकी थिइन् ।

अभिनेत्री श्वेता तिवारी र उनका पति अभिनव कोहलीको सम्बन्ध सबैमाझ प्रष्ट आइसकेको छ । श्वेताले आफूमाथि पतिले कैयौं पटक कुटपिट गर्ने गरेको बताएकी छन् ।

‘ये रिश्ता क्या कहलाता हे’ फेम अभिनेता करण मेहरा पनि श्रीमति निशा रावललाई कुटपिट गरेको आरोपमा जेलको हावा खाइसकेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ५ : ४५ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि