यूएईद्वारा नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री सहयोग « Khabarhub

यूएईद्वारा नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री सहयोग


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरसको दोश्रो लहरविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामग्री एक विशेष विमानमार्फत बुधवार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

केहि दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी गराएको थियो ।

युएई सरकारले गतवर्ष अप्रिलमा पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

यस्तो छ ट्वीट

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : ५३ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा