कलंकीमा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु « Khabarhub

कलंकीमा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका­-१३ स्थित कङ्काली स्कुल नजिक माटोको ढिस्को खसेर पुरिँदा आज दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका­-८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा थप दुई जना घाइते भएका छन् ।

घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा दुई जनाको मृत्यु भएको  हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ७ : ४९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई