सिरहामा निषेधाज्ञा १० दिन थप | Khabarhub Khabarhub

सिरहामा निषेधाज्ञा १० दिन थप


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा-– सिरहामा निषेधाज्ञाको समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले यही जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ कणेँलले बताए ।

यसैबीच कोभिड १९ का कारण आज मात्र सिरहामा चार जनाको मृत्यु भएको छ भने ५१ जनामा सङ्क्रमण पुष्टी भएको छ । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६३० रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : ५७ बजे

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा

दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण

बागलुङ – अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र