अदालती सुनुवाईमा ‘लाल–लाल होंठों पे’ गीत बजेपछि… « Khabarhub

अदालती सुनुवाईमा ‘लाल–लाल होंठों पे’ गीत बजेपछि…


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री जुही चावलाले फाइभी प्रविधिविरुद्ध अदालतमा दिएको उजुरीमा दिल्ली उच्च अदालतमा बुधबार अनलाइन सुनुवाई भएको छ ।

अदालतका न्यायधिश जेआर मीढाको बेञ्चले उजुरीकर्ताको कुरा सुनिरहँदा त्यहाँ एकपछि अर्को गर्दै फिल्मका गीत बज्न थाले ।

जुहीले सुनुवाईको भिडियो लिंक सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । त्यही लिंकमा कैयौं मानिस जोडिएका थिए । सुनुवाईका बीचमा एक व्यक्ति पटक पटक गीत गाउदै हराउने गर्दथे । उनले पहिलो गीत सन् १९९३ को फिल्म ‘हम हैं राही प्यार’को गीत ‘घूंघट की आड से’ गाए ।

त्यसको केही बेरपछि जुहीको सन् १९९५ को फिल्म ‘नाजायज’ को गीत ‘लाल–लाल होंठों पे’ गीत गाए । तेस्रो पटक भने ती व्यक्तिले जूहीकै सन् १९९३ मा रिलिज फिल्म ‘आईना’को ‘मेरी बन्नो की आएगी बारात’ गाए ।

गीतका कारण केही बेर रोकिएको सुनुवाई उक्त व्यक्तिलाई पेजबाट हटाएपछि पुनः सुरु भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी