रोगले सताउनुको मुख्य कारण वास्तु पनि हुनसक्छ « Khabarhub

रोगले सताउनुको मुख्य कारण वास्तु पनि हुनसक्छ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक खानपान र स्वास्थ्यको ख्याल र सावधानी गर्दा गर्दै पनि परिवारमा कोहि न कोहि बिरामी परिरहने हुन्छ ? यदि हुन्छ भने यसकालागि घरको वास्तु दोष जिम्मेदार हुने वास्तु शास्त्रको मान्यता छ । मान्यता अनुसार यो वास्तुमा हुने कमीका कारणले हुने गर्दछ ।

यस्तोमा वास्तुसंग जोडिएको समस्याले रोग बीमार बढाउने भएकाले यसको पिछा छुटाउन केहि उपाय गर्नुपर्ने वास्तु शास्त्रको मान्यता छ ।

१. यदि घरको मुख्यद्धार (ढोका) अगाडी कुनै खाडल भए यसले समेत वास्तु दोष बढाउँछ । तसर्थ यस्ता खाडल तत्काल पुर्नु पर्ने वास्तुको मान्यता छ ।

२. घरको मुख्यद्धार सदैव सफा सुग्गर राख्नु पर्दछ अन्यथा परिवारका मुखिया समेत अन्य सदस्य शारीरिक र मानसिक रोगको शिकार हुने वास्तुको मान्यता छ ।

३. घरको मध्य भाग (ब्रह्मस्थान) सम्भव भए अनुसार खाली राख्नु पर्दछ । अन्यथा यहाँ कुनै भारी सामाग्री राखेमा वास्तु दोष हुने वास्तुको मान्यता छ ।

४. वास्तुको मान्यता अनुसार घरको बीच भागमा सीढी हुनु शुभ मानिदैन । यसले वास्तु दोष हुने गर्दछ । तसर्थ सीढी सधै किनारामा हुनु पर्दछ ।

५. उत्तर पूर्व दिशा (ईशान कोण) देवताको स्थान भएकाले यस दिशामा ट्वाइलेट वा सीढी हुनु एकदमै ठुलो वास्तुदोष मानिन्छ । यस्तो भएमा परिवारका सदस्यबीच मानसिक तनाव बढ्ने र रोगले सताउने मान्यता छ । साथै देव स्थानमा बनेको ट्वाइलेटकै कारण घरका महिलामा सन्तान सुखबाट बञ्चित हुने वास्तु शास्त्रको मान्यता छ ।

६. वास्तु शास्त्र अनुसार घरको दक्षिण पूर्व दिशा (आग्नेय कोण) बाहेक अन्यत्र भान्सा हुनु हुदैँन । अन्यथा परिवारका सदस्य अधिकतर बिरामी हुने र घरमा आम्दानी भित्र्याउने व्यक्ति बिरामी हुने मान्यता छ ।

७. यदि आग्नेय कोणमा भान्सा छैन भने यस कोणमा सदैव रातो रंगको मैनबत्ती बाल्नु पर्ने वास्तुको मान्यता छ । यसले परिवारका सदस्यको स्वास्थ्य राम्रो हुने मान्यता छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ४५ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट