भन्सार छलेर ल्याएको ७० बोरा चिनीसहित ट्रक चालक पक्राउ « Khabarhub

भन्सार छलेर ल्याएको ७० बोरा चिनीसहित ट्रक चालक पक्राउ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– भारतबाट भन्सार छली गरी ल्याइएको ७० बोरा चिनीसहित सशस्त्र प्रहरीको टोलीले विराटनगरबाट ट्रक तथा चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सुनसरीको देवगञ्ज गाउँपालिका– २ का २८ वर्षीय राजेश कुमार खत्वी तथा को १ ख २१२९ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलका अनुसार विराटनगरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बखरी बीओपीका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तको टोलीले चिनीसहित चालक तथा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको हो । भारतबाट अवैध रूपमा ल्याइएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको थियो । अमरडुवाबाट ट्रकमा चिनी लोड गरेर विराटनगर ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बरावरको रहेको छ । बरामद चिनी बीओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ३० बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल