शत्रुघ्न भन्छन्– शोलेको प्रस्ताव अस्वीकार गर्नु मानवीय गल्ती « Khabarhub

शत्रुघ्न भन्छन्– शोलेको प्रस्ताव अस्वीकार गर्नु मानवीय गल्ती


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– भारतीय टेलिभिजनको गायन रियालिटी शो ‘इण्डियन आइडल सिजन १२’मा यो साता अभिनेता शत्रुघ्न सिन्हा श्रीमति पुनम सिन्हाका साथ उपस्थित हुँदैछन् । यो शोमा प्रतिष्पर्धीले शत्रुघ्नका फिल्मका सुपरहिट गीत गाउनेछन् । यो शोमा उनले फिल्म ‘शोले’ को प्रस्ताव किन अस्वीकार गरे भन्ने बारे कुरा खोलेका छन् ।

शोमा निर्णायक हिमेश रेशमियाले शत्रुघ्नलाई फिल्म ‘शोले’मा अभिनय गर्न अस्वीकार गर्ने कारण सोधेका थिए ।

‘तपाईं यसलाई मानवीय भूल भन्न सक्नुहुन्छ । रमेश सिप्पी सा’ब ठूला फिल्म बनाउने गर्नुहुन्थ्यो । उहाँले ‘शोले’ बनाउनुभयो । जुन ब्लकबस्टर साबित भयो । विश्वका चर्चित फिल्म निर्माता, भारत रत्न र ओस्कार विजेता स्वर्गीय सत्यजीत रे साहबले पनि सराहना गर्नुभएको थियो’, उनले भनेका छन् ।

शत्रुघ्नले आफू मसलेदार फिल्ममा काम गर्ने भएका कारणले पनि ‘शोले’मा अनुबन्धित हुन नपाएको खुलाए ।

‘त्यो समयमा लगातार दुई हिरो हुने फिल्मको छायांकनमा व्यस्त थिएँ । म यसलाई मानवीय गल्ती भन्छु अथवा मेरो शैलीको मसलावाला थिएन । म दुःखी छु । सँगै म खुशी पनि छु कि ‘शोले’का कारण राष्ट्रिय आइकन तथा मेरो नजिकका साथी अमिताभ बच्चनले अवसर पाए’, उनले भनेका छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : २० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित