भासियो मर्स्याङ्दी नदीको झोलुङ्गे पुल « Khabarhub

भासियो मर्स्याङ्दी नदीको झोलुङ्गे पुल


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो ।

बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिए । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे ।

पुल भासिएको अनुगमनका लागि आँबुखैरेनीका जनप्रतिनिधिलगायत कर्मचारीको टोली त्यसतर्फ जान लागेको पोख्रेलले बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले पनि पुलको अनुगमन गर्ने तयारी गरेको छ । पोखराबाट प्राविधिक टोली पनि आउने तयारीमा रहेको जानकारी पाएको पोख्रेलले बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : ०२ बजे

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची