सुदूरपश्चिममा अत्यधिक गर्मी, ३८ डिग्री तापक्रम « Khabarhub

सुदूरपश्चिममा अत्यधिक गर्मी, ३८ डिग्री तापक्रम


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् ।

आकाशमा दिनहुँ हुस्सु लाग्ने गरेको छ तर वर्षा गराउने बादल देखिँदैन । अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियसको हाराहारीमा छ ।

तापक्रम धेरै नभए पनि हावामा बढेको सापेक्षित आद्रताका कारण अत्यधिक गर्मी महसुस भएको हुन सक्ने स्थानीयवासी तेजराज भट्ट बताउँछन् । बढेको गर्मीले दिउँसोको समयमा सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् ।

निरन्तरको गर्मीका कारण तात्ने गरेका पक्की घरका कोठामा समेत पङ्खाले तातो हावा फ्याँक्ने गरेपछि थप सास्ती खेप्नु परेको अर्का स्थानीयवासी जनक पाण्डेले बताए । उनले भने, “पूर्वी र मध्य नेपालका विभिन्न जिल्लामा भइरहेको वर्षाले विपद् निम्त्याइरहेको सुनिन्छ, हाम्रोतिर यहाँ वर्षाको अभावमा निम्तिएको सुक्खा खडेरीले सर्वसाधारण मारमा परेका छन् ।”

अत्यधिक गर्मीले काम गर्न सास्ती खेप्नु परेको अनुभव धनगढीका मजदूर कुँवरप्रसाद चौधरीले सुनाए । “काम नगरी घरमा बस्दा पनि रातदिन शरीरमा पसिना आइरहँदा काम गर्न घरबाहिर जान सकिँदैन”, उनले भने

गर्मी छल्नका लागि कतिपय व्यक्ति चिसो मौसम रहेको कैलालीको चुरे पहाडी क्षेत्रको खानीडाँडा र सहजपुरसम्म पुग्ने थालेका छन् । राम्रोसँग वर्षा नहुँदा देखिएको सुक्खा मौसमका कारण रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको किसानको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : २९ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको

स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ

तेहरान- ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुस्यादीले युरोपेली संघ

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम

बजेटले बढाउला कर्मचारीको तलब  ?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ४ दिन

भरूवा बन्दुकसहित एकजना पक्राउ

सर्लाही– बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान,