विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरु सरकारविरुद्ध सडकमा (फोटोफिचर) | Khabarhub Khabarhub

विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरु सरकारविरुद्ध सडकमा (फोटोफिचर)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरुले शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । काठमाडौंको शंकरदेव क्याम्पस अगाडि पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार नै विद्यार्थीहरुले काठमाडौंको मीनभवन क्याम्पस अगाडि राँके जुलुससहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको, मुलुकमा भ्रष्टाचार बढेको, मूल्यबृद्धि भएको र जनताका न्यूनतम  आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप उनीहरुको छ । विद्यार्थी संगठनहरुले बिहीबार पनि विरोध प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : १५ बजे

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले