प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा उच्च अदालत जनकपुरले दिएन अन्तरिम आदेश | Khabarhub Khabarhub

प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा उच्च अदालत जनकपुरले दिएन अन्तरिम आदेश


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– उच्च अदालत जनकपुरले प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तीन दिन चलेको बहसपश्चात् शुक्रबार मुख्यन्यायाधीश विनोद शर्मा र हरिप्रसाद बगालेको संयुक्त इजलासले अन्तिरम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘ रिट निवेदकले उठाएको संवैधानिक तथा कानुनी प्रश्नको गम्भीरता र संवेदनशीलताको हकमा प्रस्तुत मुद्दामा विपक्षीको तर्फबाट लिखित जवाफ परेपछि पूर्ण सुनुवाइ हुँदाका बखत यथोचित सम्बोधन भई विवेचना हुने नै हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । कानुनबमोजिम गर्ने ।’

अधिवक्ता राजकुमार महासेठले असार १० गते प्रदेश २ को मन्त्रिपरिषद् समावेशी सिद्धान्तविपरीत रहेको भन्दै उत्प्रेषणयुक्त परमादेशको माग गर्दै रिट दायर गरेका थिए। उनले गत जेठ २६ गते नियुक्त भएका तीन जना मन्त्रीको काम कारबाही रोक्न समेत माग गरेका थिए ।

विपक्षीका तर्फबाट सरकारी वकीलको कार्यालय जनकपुरका प्रमुख खडानन्द गौतमले बहस गरेका थिए । यसैगरी प्रदेश सरकारको तर्फबाट मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सहायक न्यायाधिवक्ता सुजित कुमार लाल कर्ण, वरिष्ठ अधिवक्ता युगल किशोर लाल र अधिवक्ताहरु वलराम सुवेदी, अच्यूतम आचार्य, विपिन कुमार झा, दिपेन्द्र कुमार साह तथा हेम बहादुर कार्कीले बहस गरेका थिए ।

अधिवक्ता महासेठले उच्च अदालत जनकपुरमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यस्तो छ आदेश

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : १८ बजे

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम