प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा उच्च अदालत जनकपुरले दिएन अन्तरिम आदेश « Khabarhub

प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा उच्च अदालत जनकपुरले दिएन अन्तरिम आदेश


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– उच्च अदालत जनकपुरले प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तीन दिन चलेको बहसपश्चात् शुक्रबार मुख्यन्यायाधीश विनोद शर्मा र हरिप्रसाद बगालेको संयुक्त इजलासले अन्तिरम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘ रिट निवेदकले उठाएको संवैधानिक तथा कानुनी प्रश्नको गम्भीरता र संवेदनशीलताको हकमा प्रस्तुत मुद्दामा विपक्षीको तर्फबाट लिखित जवाफ परेपछि पूर्ण सुनुवाइ हुँदाका बखत यथोचित सम्बोधन भई विवेचना हुने नै हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । कानुनबमोजिम गर्ने ।’

अधिवक्ता राजकुमार महासेठले असार १० गते प्रदेश २ को मन्त्रिपरिषद् समावेशी सिद्धान्तविपरीत रहेको भन्दै उत्प्रेषणयुक्त परमादेशको माग गर्दै रिट दायर गरेका थिए। उनले गत जेठ २६ गते नियुक्त भएका तीन जना मन्त्रीको काम कारबाही रोक्न समेत माग गरेका थिए ।

विपक्षीका तर्फबाट सरकारी वकीलको कार्यालय जनकपुरका प्रमुख खडानन्द गौतमले बहस गरेका थिए । यसैगरी प्रदेश सरकारको तर्फबाट मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सहायक न्यायाधिवक्ता सुजित कुमार लाल कर्ण, वरिष्ठ अधिवक्ता युगल किशोर लाल र अधिवक्ताहरु वलराम सुवेदी, अच्यूतम आचार्य, विपिन कुमार झा, दिपेन्द्र कुमार साह तथा हेम बहादुर कार्कीले बहस गरेका थिए ।

अधिवक्ता महासेठले उच्च अदालत जनकपुरमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यस्तो छ आदेश

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : १८ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर