कांग्रेसले सुल्झ्यायो क्रियाशील सदस्यता वितरण विवाद « Khabarhub

कांग्रेसले सुल्झ्यायो क्रियाशील सदस्यता वितरण विवाद


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ औँ महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधन भएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान सहमतिमै सुल्झ्याउने निर्णय गरेको हो ।

बैठकले क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुंग्याउने निर्णय गरेको कांग्रेस नेता एवं क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।

उनले भने,‘महाधिवेशन ठिक ढंगले गर्ने विषयमा छलफल भएको छ ।  क्रियाशील सदस्यताको व्यवस्थापन र अन्तिम रुप दिने सम्बन्धमा केही विषयमा समान धारणा बनाउनुपर्ने थियो अब समान धारणा बनेको छ ।’

शीर्ष नेताहरुबीच सदस्यताका बारेमा सहमति जुटेपछि अब महाधिवेशनमा केन्द्रित हुने लेखकले जानकारी दिए । उनले भने,‘अब क्रियाशील सदस्यताको काम चाँडोभन्दा चाँडो सकाउँछौँ ।’

नेता लेखकका अनुसार ४ लाख ७० हजार क्रियाशील सदस्य रहेकोमा अहिलेसम्म ४ लाख सदस्यता नवीकरण भएको छ भने ४ लाखभन्दा बढी नयाँ सदस्य थपिएका छन् ।

सदस्यताका बारेमा आएका उजुरीमाथि समितिले छानविन गरेर अघि बढ्ने उनले जानकारी दिए । उनले भने,‘नवीकरण र नयाँका सदस्यका सम्बन्धमा परेका विभिन्न उजुरीहरु अब सहमतिमा टुङ्ग्याइने छ ।’

अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नवीकरण पनि सहमतिमा नै गरिने भएको छ । क्रियाशील सदस्यताका बारेमा अब कुनै समस्या नरहेको नेता लेखकले दाबी गरे ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ४८ बजे

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा