त्रिवि शिक्षण अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

त्रिवि शिक्षण अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिवि शिक्षण अस्पताललाई बेलायतबाट प्राप्त करिब ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘अ रोटरी क्लब अफ विरमिङघम बेलायत’ले उपलब्ध गराएको स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गरिएको हो ।

उक्त संस्थाका संस्थापक तथा अन्तराष्ट्रिय निर्देशक डा. पिटर पटेलले पठाएका स्वास्थ्य सामग्री ‘चिल्ड्रन भिजन नेपाल’का अध्यक्ष रमेश सिलवालले अस्पतालाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष सिलवालले शुक्रबार अस्पतालका आकस्मिक सेवा प्रमुख डा. रमेश कुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

सिलवाल बालबालिकाको हितमा विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनलाई गत वर्ष सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ११ बजे

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार