स्पेन र स्वीट्जरल्याण्डबीचको खेल अतिरिक्त समयमा पुग्यो « Khabarhub

स्पेन र स्वीट्जरल्याण्डबीचको खेल अतिरिक्त समयमा पुग्यो


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत स्पेन र स्वीट्जरल्याण्डबीचको खेल अतिरिक्त समयमा पुगेको छ ।

दुबै टोलीले निर्धारित ९० मिनेटको समयमा १-१ गोलको को बराबरी खेलेसँगै खेल अतिरिक्त समयमा पुगेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलमा स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।

स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको दोस्रो हाफको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको स्थितिमा ल्याएका थिए ।

खेलको ७८ औं मिनेटमा रेफ्रीले स्वीट्जरल्यान्ड फ्रिउलरलाई रेड कार्ड दिएसँगै १० खेलाडीमा सीमित बनेको छ ।

आजको खेलमा जित हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछ ।

स्वीट्जरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : ४१ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता