एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा एक पक्राउ « Khabarhub

एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा एक पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका –३ हर्दियाका ३० वर्षीय रोमन राजधामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार सुनसरीमा तीन जनामाथि एसिड प्रहार गरेर फरार राजधामीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरिएको हो ।

डीएसपी कार्कीका अनुसार राजधामीकी २८ वर्षीया श्रीमती सरू भन्ने सरस्वती बस्नेतसँग विवाद भएको र विवादका क्रममा राजधामीले श्रीमतीमाथि एसिड प्रहार गर्न खोजेका थिए ।

डीएसपी कार्कीले भने, ‘त्यही क्रममा सरू ज्यान जोगाएर घरबाट भागेर छिमेकीकोमा पुगिन् । राजधामीले पनि उनलाई लखेट्दै त्यहीं पुगे, त्यही क्रममा छिमेकीले छुट्याउँन खोज्दा उनीहरुमाथि समेत एसिड प्रहार गरेर फरार भए ।’

घटनापछि उनी भागेर काठमाडौँ पुगेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ३ : २० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति