त्रिविले भन्यो : सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोकिदैँनन् « Khabarhub

त्रिविले भन्यो : सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोकिदैँनन्


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाल सञ्चालन भइरहेको र समय तोकिएका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन विश्वविद्यालयले भने अब निर्वाद रुपमा परीक्षा सञ्चालन हुने त्रिभुवन विश्व विद्यालयका परीक्षा नियन्त्रक पुष्प राज जोशीले बताए ।

‘सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा त्रिविले परीक्षा रोक्ने भन्ने प्रचार भइरहेको छ त्यो भ्रामक हो’ उनले खबरहबसँग भने, ‘यसले विद्यार्थीलाई मासिक तनाव पनि सिर्जना हुन्छ, अहिले सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोक्ने रोजनामा त्रिवि छैन’ ।

उनले सम्पूर्ण विद्यार्थीहरुलाई त्यस्ता खालका दुष्प्रचारबाट भ्रमित नहुन र परीक्षाको तयारीमा लाग्न पनि आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्नातक तह प्रथम वर्षका परीक्षा भइरहेको छ । त्यस्तै आगामी बुधवार अर्थात् साउन २० गतेदेखि पनि स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरु तोकिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : २३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको