त्रिविले भन्यो : सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोकिदैँनन् « Khabarhub

त्रिविले भन्यो : सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोकिदैँनन्


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाल सञ्चालन भइरहेको र समय तोकिएका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन विश्वविद्यालयले भने अब निर्वाद रुपमा परीक्षा सञ्चालन हुने त्रिभुवन विश्व विद्यालयका परीक्षा नियन्त्रक पुष्प राज जोशीले बताए ।

‘सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा त्रिविले परीक्षा रोक्ने भन्ने प्रचार भइरहेको छ त्यो भ्रामक हो’ उनले खबरहबसँग भने, ‘यसले विद्यार्थीलाई मासिक तनाव पनि सिर्जना हुन्छ, अहिले सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोक्ने रोजनामा त्रिवि छैन’ ।

उनले सम्पूर्ण विद्यार्थीहरुलाई त्यस्ता खालका दुष्प्रचारबाट भ्रमित नहुन र परीक्षाको तयारीमा लाग्न पनि आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्नातक तह प्रथम वर्षका परीक्षा भइरहेको छ । त्यस्तै आगामी बुधवार अर्थात् साउन २० गतेदेखि पनि स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरु तोकिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : २३ बजे

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि