'न्यूनतम साझा कार्यक्रम' पछि मन्त्रिपरिषद् विस्तार गरिने | Khabarhub Khabarhub

‘न्यूनतम साझा कार्यक्रम’ पछि मन्त्रिपरिषद् विस्तार गरिने


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ तय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् ।

आज बसेको गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै तयार गरिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाएर जाने विषयमा सहमति बनेको छ ।’ मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा समेत सामान्य छलफल भएको उनले बताए ।

अध्यक्ष यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने टुंगो एक-दुई दिनभित्र लाग्ने बताए । उनले भने,‘माधव नेपालजी सरकारमा आउने टुंगो एक-दुई दिनमा लाग्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको हो ।

गठबन्धनमा रहेका दलले गठन गरेको कार्यदलले भोलि सरकारको न्यूनतम साझा कार्यक्रमबारेको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : २७ बजे

विदेशी बजारमा कर्णालीको अदुवा

सुर्खेत– कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ 

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।

इडेन गार्डेनमा २१ मार्चमा आइपिएलको पहिलो खेल हुने

इडेन गार्डेन – यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) २१

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोलुखुम्बुका ९३ विद्यालय बन्द : तापक्रम माइनस २० डिग्रीसेल्सियसम्म पुग्यो

सोलुखुम्बु – जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक