१५ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

१५ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी नायव उपरीक्षकबाट उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साउन १७ गते गृहसचिवस्तरको निर्णयबाट उपरीक्षक पदमा पदोन्नती १५ जनालाई एक समारोह कार्यक्रम गरी महानिरिक्षक दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहमा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको उल्लेख गर्दै प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा संगठनमा रहेर शान्ति सुरक्षा कायम राख्ने कार्यमा उनीहरुलाई पुर्‍याएको योगदानकासाथै प्रदर्शन गरेको व्यवसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

बढुवा भएका अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई सम्पादन गर्न महानिरिक्षक खनालले निर्देशनसमेत दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माणमा समेत योगदान पुग्ने उल्लेख गर्दै राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्रको सुरक्षा, जनताको सेवा, विपद्पी डित नागरिकको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र क्रियाशिल रहँदै निरन्तर योगदान पुर्‍याई रहेको बताए ।

उनले कमाण्डर तहका अधिकृतहरुलाई ईमान्दार तथा वफादार भई आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै कुशल नेतृत्वकासाथ आर्थिक पारदर्शिता र सुशासमा जोड दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ०१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको