९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ « Khabarhub

९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी पश्चिम बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली १८ लाख ५० हजार र भारु ९ लाख सहित २ जनालाई बर्दघाट नगरपालिका वडा नं. १२ भटौलियास्थित परासी–नारायणचोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् ।

लु १६ प ३७२९ नम्बरको मोटरसाइकलमा बर्दघाटतर्फ आउँदै गर्दा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३५ को योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको लामाले बताए ।

बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पनि डिएसपी लामाले बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : २४ बजे

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख १५ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो