मोटरसाइकल दुर्घटनामा साइप्रसमा नेपाली विद्यार्थीको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा साइप्रसमा नेपाली विद्यार्थीको मृत्यु



दोहा- मोटरसाइकल दुर्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मृतक कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेको साइप्रस प्रहरीले जनाएको छ । यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छन् ।

उनको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाइते घिसिङलाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरी अनुसार मृतक भुसालले मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले पनि  मंगलबार बेलुकी ६:२० मा डेरिनियामा भएको मोटर साइकल दुर्घटनामा भुषालको मृत्युबारे प्रहरीले रिपोर्ट सार्वजनिक गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : १४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल