कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन « Khabarhub

कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन



दोहा- इजरायली कृषि केन्द्रमा तालिम अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् ।

इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) द्वारा संचालित परियोजना ‘सिक्दै र कमाउँदै’ अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भइ विभिन्न ५ वटा इजरायली कृषि केन्द्रहरुमा ११ महिनाको तालिम तथा अध्ययनका लागि गएका १० जना विद्यार्थीहरु सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सेडोट नेगेभ कृषि तालिम केन्द्रबाट ४ जना, द एक्स्ट्रनल स्टडीज इन्स्च्युटबाट २ जना, किन्नेरेट कलेजबाट २ जना र आराभा अन्तर्राष्ट्रिय कृषि तालिम केन्द्रबाट २ जना सम्पर्कविहीन भएको जनाएको छ ।

विद्यार्थीबाहेक रोजगारीका शिलशिलामा ल्याइएका केही कामदार पनि सम्पर्कबाहिर रहेको भन्दै दूतावासले खोजी भइरहेको जनाएको छ ।

देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएको जनाउदै दूतावासले दुई-चार जनाको वदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो भनेको छ ।

दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक एक हजार पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने दूतावासले चेतावनी दिएको छ । सम्पर्कविहीन भएका सबैको खोजी भइरहेको र केहीको पत्तो लागिसकेको दूतावासले जनाएको छ ।

प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।

सम्पर्कविहीन विद्यार्थीलगायत अन्य नेपालीहरुलाई तुरुन्त दूतावासको सम्पर्कमा आउन र सम्पर्कमा नआए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने समेत दूतावासले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : १० बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना