अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड « Khabarhub

अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ ।

नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ ।

‘विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु’, प्रधानाध्यापक बोहराले भने, ‘म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको र के कति क्षति गरेको छ, अब विद्यालय गएपछि मात्रै थाहा हुनेछ ।’ स्थानीयवासीका अनुसार विद्यालयमा कुन समूह तथा किन तोडफोड गरिएको हो भन्ने पत्ता लाग्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय चमराचौताराले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : २० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक