दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टू वाच « Khabarhub

दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टू वाच


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १३ औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने पहिलो खेलका लागि दुबै टिम जित्नै पर्ने दबावमा छन् । अर्को खेल २० भदौमा हुनेछ ।
यो खेलमा हेर्न लायक खेलाडी को हुन सक्छन् भन्ने चासो । दुबै टिमका हेर्न लायक खेलाडीबारे चर्चा गरिएको छ ।

नेपालका अन्जन विष्ट र भारतका मानवीर सिंह प्लेयर्स टू वाचमा रहनेछन् ।

अन्जन विष्ट – नेपाल
भारतविरुद्ध मिडफिल्डर अन्जन नेपालका मुख्य हतियार हुन सक्छन् । २३ वर्षीय उनी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका विश्वासिला खेलाडीसमेत हुन् । मध्यक्रममा यी खेलाडी बल होल्ड गर्न, लामा सट प्रहार गर्न, बल कन्ट्रोल गर्न माहिर छन् । अट्याकर अन्जन विपक्षी टोली डिफेण्डरका लागि टाउको दुखाइको विषय बन्न सक्छन् ।

भारतविरुद्ध अन्जनको रोल लामो सटका लागि हुन सक्छ । अन्जनले फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धको खेलमा गोल गरेका थिए ।

घरेलु लिगमा मनाङ मर्स्याङदी क्लबको प्रतिनिधित्व गर्ने अन्जनले मिडलाइनसँगै अट्याकमा नवयुग श्रेष्ठसँग सहकार्य गर्न सक्छन् । उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका अन्जनले राष्ट्रिय टोलीबाट चार गोल गरेका छन् ।

मानवीर सिंह – भारत

भारतीय फुटबलका अट्याकर मानवीर सिंह बिहीबार दशरथ रंगशालामा उपस्थित सबैको नजरमा पर्नेछन् । पछिल्लो समय मानवीर भारतीय फुटबलका नियमित सदस्य हुन् । नेपालविरुद्ध मैत्रीपूर्ण खेलमा अट्याक लाइनमा मानवीरले कप्तान सुनिल क्षेत्रीसँग सहकार्य गर्नेछन् ।

२५ वर्षीय मानवीरले सन् २०१७ मा मोरिससँगको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै प्रभाव जमाएका वेष्ट बंगानका यी खेलाडी त्यस यता भारतीय टोलीका नियमित सदस्य हुन् । मानवीर साफ सुजिकी कप २०१८ का गोल्डेन बुट विजेता समेत हुन् । गत महिना फिफा विश्वकप २०२२ अन्तर्गत भारतले कतारसँग ०–० को बराबरी खेल्दा मानवीरले भारतीय फुटबलमा ठूलो प्रशंसा पाएका थिए ।

बल कन्ट्रोल, आफ्नो एरियामा सहजै विपक्षीलाई दबावमा राख्ने, बल होल्ड गर्ने, लामो सट प्रहार गर्ने साथै राम्रो फिनिसरका रूपमा मानवीरलाई चिनिन्छ । सुपर लिग क्लब एटिके मोहन बंगालका यी खेलाडी एएफसी कपको समूहमा ुडिुमा सम्पूर्ण तीन खेल खेल्दै माल्दिभ्सबाट सीधैँ भारतीय टोलीमा जोडिएका हुन् । उनको प्रभाव प्रेरित एटिके मोहन बंगान नकआउट चरणमा प्रवेश गरेको छ । रमेश सुवेदी/न्युज कारखाना

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ४९ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै