महालक्ष्मी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

महालक्ष्मी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– फ्रेण्ड्स सर्भिस काउन्सिलले महालक्ष्मी नगरपालिकालाई कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएको छ ।

वाग्मती प्रदेशका सांसद माधव पौडेलले बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपप्रमुख निर्मला थापालाई संयक्तरूपमा रू ५ लाख ५० हजार बराबरको अक्सिजन, मास्क, सेनिटाइजर, ह्याण्ड वास, साबुन, वेट मेशिन, अक्सिमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिकल मास्क लगायत २३ प्रकारका सामग्री हस्तान्तरण गरेका हुन् ।

काउन्सिलको समन्वयमा बेलायतस्थित वल्ड जे वीस रिलिफको सहयोगमा प्राप्त ती सामग्री नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्वास्थ्य संस्थालाई उपलब्ध गराउने जनाइएको छ ।

यही अगष्ट महिनादेखि सञ्चालन गरिएको सो परियोजना अन्तर्गत नगरपालिका भित्र कोरोनाबाट सताइएका अतिविपन्न, अपागङ्ता भएका, जेष्ठ नागरिक, कोभिड–१९ का कारण रोजगार गुमाएका र सुत्केरी, गर्भवती तथा एकल महिला गरी २२५ जनालाई राहत स्वरूप एक परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग पनि उपलब्ध गराइएको थियो ।

यसैगरी विभिन्न सार्वजनिक स्थलमा सहयोग कक्ष, माइकिङबाट चेतनामूलक कार्यक्रम प्रसारण, समूहमा छलफल, घरदैलो भ्रमण, खोप कार्यक्रमबारे सूचाना प्रवाहजस्ता कार्य पनि गर्दै आएको काउन्सिलका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : २१ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख