महालक्ष्मी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान | Khabarhub Khabarhub

महालक्ष्मी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– फ्रेण्ड्स सर्भिस काउन्सिलले महालक्ष्मी नगरपालिकालाई कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएको छ ।

वाग्मती प्रदेशका सांसद माधव पौडेलले बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपप्रमुख निर्मला थापालाई संयक्तरूपमा रू ५ लाख ५० हजार बराबरको अक्सिजन, मास्क, सेनिटाइजर, ह्याण्ड वास, साबुन, वेट मेशिन, अक्सिमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिकल मास्क लगायत २३ प्रकारका सामग्री हस्तान्तरण गरेका हुन् ।

काउन्सिलको समन्वयमा बेलायतस्थित वल्ड जे वीस रिलिफको सहयोगमा प्राप्त ती सामग्री नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्वास्थ्य संस्थालाई उपलब्ध गराउने जनाइएको छ ।

यही अगष्ट महिनादेखि सञ्चालन गरिएको सो परियोजना अन्तर्गत नगरपालिका भित्र कोरोनाबाट सताइएका अतिविपन्न, अपागङ्ता भएका, जेष्ठ नागरिक, कोभिड–१९ का कारण रोजगार गुमाएका र सुत्केरी, गर्भवती तथा एकल महिला गरी २२५ जनालाई राहत स्वरूप एक परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग पनि उपलब्ध गराइएको थियो ।

यसैगरी विभिन्न सार्वजनिक स्थलमा सहयोग कक्ष, माइकिङबाट चेतनामूलक कार्यक्रम प्रसारण, समूहमा छलफल, घरदैलो भ्रमण, खोप कार्यक्रमबारे सूचाना प्रवाहजस्ता कार्य पनि गर्दै आएको काउन्सिलका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : २१ बजे

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

महोत्तरी– गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर

दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

दैलेख – पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

बागलुङ– नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा

प्रकाश सुपुतको चलाख जवाफ !

काठमाडौं – गायकीबाट चर्चामा आएका नायक प्रकाश सुपतको अभिनय रहेको