जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व | Khabarhub Khabarhub

जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०ले जनाएको हो ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व सङ्कलन भएको एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड– १९ को सङ्क्रमणका कारण जङ्गली जडीबुटी सङ्लकन गर्न नसकिएको उनको भनाइ थियो ।

जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व सङ्कलन हुँदै आएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका सहयोगी हुने यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएको‍ छ ।

वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ०९ बजे

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

बागलुङ– नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा

प्रकाश सुपुतको चलाख जवाफ !

काठमाडौं – गायकीबाट चर्चामा आएका नायक प्रकाश सुपतको अभिनय रहेको

बैतडीमा अविरल वर्षा, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम

प्रधानमन्त्री ओलीले आज बेइजिङमा उपराष्ट्रपति चाङ्गसँग भेटवार्ता गर्दै

थियानजिन– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी