सांसद तथा जनप्रतिनिधि तानातान गर्न जसपा र लोसपाका शीर्ष नेताहरु जनकपुरमा « Khabarhub

सांसद तथा जनप्रतिनिधि तानातान गर्न जसपा र लोसपाका शीर्ष नेताहरु जनकपुरमा


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठनपछि प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न यही भदौ २२ गतेसम्मको समय दिइएपछि अहिले दुबै दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ को राजधानी जनकपुरमा केन्द्रित भएका छन् ।

यी दुबै पार्टीको मूख्य आधार भूमि प्रदेश नम्बर २ भएकाले दुबै दलहरु निर्वाचित जनप्रतिनिधिलाई तानतान गर्न जनकपुरमा केन्द्रित भएका हुन् । जसपा विभाजनपछि सो दलले कार्यकर्ता प्रशिक्षणको कार्यक्रमलाई तिब्रता दिएको छ । जनकपुरधाममा केही दिनअघि पनि जसपाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुर पुगेका छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी बुधवारदेखि नै जनकपुरमा छन् ।

बुधबार प्रदेश २ प्रदेश सभाका जसपाका १० जना सांसदले लोसपा रोजेका थिए भने बिहीबार थप १ जनाले लोसपा रोज्दै प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । २२ गतेसम्म थप सांसदहरु लोसपामा लाग्न सक्ने देखिएपछि अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुर पुगेका हुन् ।

प्रदेश सभामा जसपाका ५५ जना सांसद रहेकोमा अब सो संख्या ४४ मा झरेको छ । अझै केही सांसदहरु लोसपामा जाने सम्भावना देखिएको छ । बिहीबार तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार बन्दै पर्सा निर्वाचन क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित प्रह्लाद गिरीले लोसपा रोजेका छन् ।

प्रदेश सभामा जसपाका ५५ जना सासद रहेका छन् । ५५ मध्ये तत्कालीन संघीय समाजवादीका ३० र तत्कालीन राजपाबाट २५ जना सासद रहेका थिए ।  तत्कालीन राजपाबाट निर्वाचित भए पनि धेरैजसो सांसदहरु जसपामै रहेर ठाकुरको साथ छाडेका छन् । त्यसैले पनि ठाकुरसहितको शीर्ष नेताको टोली जनकपुरमा बसेर सांसदहरुलाई आफूतिर तान्ने कसरतमा लागिरहेको छ । उता उपेन्द्र यादव भने सांसदहरुलाई रोक्ने अभियानका साथ जनकपुर पुगेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : २४ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ