भाडा बढाउन माग राख्दै यातायात व्यवसायी आन्दोलित (भिडियो) « Khabarhub

भाडा बढाउन माग राख्दै यातायात व्यवसायी आन्दोलित (भिडियो)


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्नेलगायतका माग राख्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातको भाडा एवं ट्याक्सीको सुरुआती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुटलगायतका माग अघि सार्दै दोस्रो चरणको आन्दोलन गरेको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पहिलो चरणको आन्दोलनमा आफुहरुले पटक पटक मागका बारेमा सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए । उनले बिभिन्न निकायमा पुनः आफ्ना मागहरुको बारेमा जानकारी पत्र बुझाएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए ।

भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझै पनि सहज रुपमा कोरोना खोप पाउन नसकेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : २५ बजे

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले