पुनः छायांकनमा जाँदै ‘गोर्खा वारियर–२’ « Khabarhub

पुनः छायांकनमा जाँदै ‘गोर्खा वारियर–२’


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायांकन आगामी अक्टोबर १९ बाट सुरु हुने भएको छ । कोभिड–१९ र अन्य प्राविधिक कारण फिल्मको सुरुवाती भाग छायांकन गरेर निर्माण टिमले बाँकी भागको छायांकन रोकेको थियो ।

निर्देशक मिलन चाम्सले लकडाउन खुलेको र लण्डन तथा भारतदेखि आउनुपर्ने प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने भएकाले बाँकी भागको छायांकनको समय तोकिएको बताए ।

मिलनले गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई फिल्ममा उतार्न लागिएको जनाए । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सह–निर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू छन् । फिल्म नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ ।

फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहनेछ ।

रितेस चाम्स नवनायकका रूपमा यो चलचित्रमार्फत डेब्यु गर्दै छन् । फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।

निर्देशक चाम्सले यो प्रोजेक्ट हालसम्मकै बढि आशा गरिएको र मिहेनत गरिएको प्रोजेक्टको रुपमा आफुले लिएको प्रतिक्रिया दिए । उनी हाल चलचित्र छायांकनका लागि आवश्यक केहि प्राविधिक समान ल्याउनका लागि लण्डन पुगेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : ४५ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट