सात महिनामा नै लक्षितलाई खोप ! | Khabarhub Khabarhub

सात महिनामा नै लक्षितलाई खोप !


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै एक करोड बढीले खोप लगाउन सफल भएका छन् ।

सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता सात महिनामा नै एक करोड ९२ हजार १६४ जनाले खोप लगाएका हुन् । नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।

मन्त्रालयले अहिलेकै दरमा सङ्क्रमण बढे तेस्रो लहर असोज १५ देखि कात्तिक १५ गतेभित्र आउने सक्ने चेतावनी दिएको छ । सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई दिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो मात्रा १७.९ प्रतिशत अर्थात् ५४ लाख २४ हजार ८३६ जनाले र पूर्ण मात्रा १५.४ प्रतिशत अर्थात् ४६ लाख ६७ हजार ३२८ जनाले लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार अहिले विभिन्न विश्वविद्यालयमा परीक्षा दिने विद्यार्थीलाई खोप लगाउन थालिएको छ ।

“हामी प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिँदै आएका छौँ”, उनले भने, “खोप आएपछि फेरि प्राथमिकीकरण गरेर खोप अभियान सञ्चालन गर्ने छौँ ।”

उनका अनुसार अहिलेसम्म एक करोड ३२ लाख खोप आइसकेको छ । नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।

सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत खोप ल्याएर लगाइरहेको छ । नेपाललाई सुरुमा माघ ८ गते भारतले १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि सरकार आफैँले १० लाख मात्रा कोभिशिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग गत फागुन ९ गते १० लाख मात्रा खोप खरिद गरेको थियो ।

कूल लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत खोप ल्याउने सरकारको तयारी छ । कोभ्याक्सबाट निःशुल्क रूपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । यसैगरी भारतसहित चीन र भुटानबाट नेपालले अनुदानका ४६ लाख ३० हजार मात्रा खोप प्राप्त गरेको छ । तीमध्ये भारतले १० लाख मात्रा कोभिशिल्ड, चीनले ३४ लाख मात्रा भेरोसेल र भुटानले दुई लाख ३० हजार एस्ट्राजेनिका खोप उपलब्ध गराएको छ ।

यसैगरी कोभ्यासको अनुदानमा पनि नेपाललाई विभिन्न देशले ३४ लाख ९७ हजार ५९० मात्रा खोप उपलब्ध गराएका छन् । भारतबाट तीन लाख ४८ हजार मात्रा कोभिशिल्ड, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन र जापानबाट एस्ट्राजेनिका १६ लाख १४ हजार ७४० मात्रा खोप प्राप्त भएको छ ।

त्यस्तै नेपालले भारत र चीनबाट विभिन्न समयमा ५४ लाख मात्रा खोप खरिद गरेको छ । सरकारले भारतसँग २० लाख मात्रा कोभिशिल्ड खरिद गरेकामा १० लाख मात्रा प्राप्त भएको छ । यस्तै चीनबट ४४ लाख मात्रा भेरोसेल खोप खरिद गरेको छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाइएको छ ।

नेपालमा विसं २०७७ साउनको तेस्रो हप्ता कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएको थियो । यस्तै २०७७ चैत पहिलो साता नेपालमा सङ्क्रमणको दोस्रो लहर फैलिएको थियो । २०७८ वैशाख २८ गते सबैभन्दा बढी नौ हजार ३१७ जनामा सङ्क्रमण देखिएको हो ।

सरकारले १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । नेपालमा हालसम्म आठ लाख ४८ हजार २०४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै सात लाख १९ हजार ३३६ जना सङ्क्रमणमुक्त भएका छन् भने १० लाख ७७० जना सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ३ : २२ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन