सभापतिका आकांक्षीलाई दायाँबायाँ राखेर पौडेलले भनेः सभापतिमा एउटै उम्मेदवार बनाउँछौं « Khabarhub

सभापतिका आकांक्षीलाई दायाँबायाँ राखेर पौडेलले भनेः सभापतिमा एउटै उम्मेदवार बनाउँछौं

गगन थापा पौडेल समूहमा


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहबाट सभापतिको एक जनामात्र उम्मेदवार हुने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा सभापतिका आकांक्षीहरुलाई दायाँबायाँ राखेर पौडेलले आफ्नो समूहले सभापतिमा एकजनामात्र उम्मेदवार बनाउने दावी गरे । उनले आफूहरुमा सभापतिको एकजनामात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएकोसमेत बताए ।

पौडेल समूहमा रहेका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइरालालाई दायाँबायाँ राखेर पौडेलले सभापतिलगायत सबै पदाधिकारीको टिम तयार पारिने बताए । उनले पार्टी बचाउन आफूहरु एक भएर लड्नेसमेत बताए ।

नेपाली समाजलाई लोकतान्त्रिककरण गर्न आवश्यक रहेको भन्दै जनताको भरोसाको पार्टी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यहरुको विवाद कायमै हुँदा निष्ठावान कार्यकर्ताहरु पीडित भएकाले यसलाई बिधिसम्वत समाधान गर्नुपर्ने धारणा पनि राखे ।

पौडेल समूहका नेताहरु उम्मेदवार टुंग्याउन लगातार छलफलमा रहे पनि उम्मेदवारको नाममा सहमति भने गर्न सकेका छैनन् ।

शुक्रबारदेखि कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशन सुरु हुनु अघि नै पौडेल समूहले आफूहरुबीच सहमति हुने सन्देश दिन बिहीबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।

पौडेल समूहमा सभापतिका आकांक्षीहरु धेरै हुँदा सहमति नभइरहेका बेला देउवा समूहका नेताहरुले भने धमाधम सभापतिको उम्मेदवार बन्ने घोषणा गरिरहेका छन् ।

उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय नै स्थापना गरेर सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् भने केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बिहीबार गृह जिल्ला स्याङ्जा पुगेर आफू पनि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

पौडेल समूहमा रहेका कल्याण गुरुङले पनि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेर बिहीबार जिल्ला दौडाहामा निस्केका छन् ।

यसैबीच पार्टीको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेको गगन थापा बिहीबार पौडेल समूहमा खुलेका छन् । यसअघि नै महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थापा बिहीबार वरिष्ठ नेता पौडेलसँगै मञ्चमा देखिएका थिए । उनी यो समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ४ : १४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन