खुला आकाशमुनि ‘प्रसव पीडा’को चित्कार ! « Khabarhub

खुला आकाशमुनि ‘प्रसव पीडा’को चित्कार !


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् ।

पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०/३२ वर्षीया ती महिला प्रसव पीडाले चिच्याइरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भने ,“नवजात शिशु चिच्याइरहेको आवाज आयो । बाहिर निक्लिएँ । शिशु एकातिर ,महिला अर्काेतिर रहेछन् । तत्काल सहयोगका लागि सबैसँग आग्रह गरेँ । ”

यसैगरी बेनिराम ठाकुर मन्दिरका पुजारी शिवनाथ ठाकुरलाई पनि शिशुको आवाजले तान्यो । उनले भने,“ शिशु भुइँमा र महिला एक छेउमा काँपिरहेकी थिइन् । एकोहोरो रोएको शिशुलाई ध्यान दिन आग्रह गरेँ ।” उनका अनुसार शिशुको सालनाल बाँकी थियो ।

स्थानीयवासी कौशल्यादेवी साहलले तत्काल शिशु र सुत्केरीलाई सहयोग गरिन । ती सुत्केरी विवाहिता हुन् वा अविवाहिता, कसैलाई थाहा छैन ।

ती महिला यसअघि शम्भुनाथमा नदेखिएकोे व्यवसायी सम्पत मण्डलले बताए । गर्भावस्था र प्रसूति अवस्था आफैँमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

नर्स सुनिता यादवका अनुसार शिशु जन्माइसकेपछि महिलामा मानसिक समस्या देखिन्छ । ती सुत्केरी पहिलेदेखि मानसिकरूपमा अस्वस्थ रहेको बताइएको छ । समाजसेवी जिबु सदाले भन्नुभयो, “ एक दिन अगाडिसम्म महिला ट्राफिक चोकका माग्दै हिँडेकी थिइन् । ” उनका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक छैन ।

गर्भावस्थामा पूर्वपश्चिम राजमार्गस्थित कल्याणपुर, बिसनपुर चोकमा भौँतारिएर हिँडेको देखिएको अनबर अलीले जानकारी दिए ।

रातका समयमा कष्टप्रद रुपमा सुत्केरी भएकी तिनलाई प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याउने व्यवस्था मिलाएका थिए । मानव सेवा आश्रमलगायत संस्थाले सडक आश्रितलाई उद्धार जारी राखेका छन् । अहिले पनि दैनिक नयाँनयाँ मानसिक रोगी तथा सडक बालबालिका र महिला सडकमा आउने क्रम रोकिएको छैन । अधिकांश मानसिक समस्या भएका महिला सडकमै सुत्केरी हुने बताइएको छ । स्थानीय तहले सडक आश्रितको तथ्याङ्क सङ्कलन र चासो नराखेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए ।

अहिले पनि मानसिक सन्तुलन गुमाएर सडक किनार, चोक र पसलपसल चहार्नेको सङ्ख्या जिल्लामा ६० भन्दा बढी रहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ५९ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका