पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता « Khabarhub

पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा तथा जीवन परियारबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पार्टीको वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्दो पहल गर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन ।”

दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन/महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल दलित सङ्घले आज धर्नासमेत दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ०१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र